बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

लुम्बिनी सरकार विस्तारको तयारी, एमालेले टुङ्ग्यायो पाँच मन्त्रीको नाम

बिहिबार, बैशाख ६ २०८१

बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ ।

चैत्र २३ गते मुख्यमन्त्री बनेका जोखबहादुर महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् ।

सत्ता समीकरणमा रहेका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री महराले आज सरकार विस्तार गर्दै ११ सदस्यीय मन्त्रिपरिषद बनाउने तयारी गरेका हुन् ।

भागबण्डामा एमालेले पाँच मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक–एक मन्त्रालय पाउने भएका छन् ।

यस्तै एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुङ्ग्याएको छ ।  एमालेले रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्न खत्रीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

आचार्यलाई अर्थ, ढकाललाई शहरी विकास, पन्थीलाई गृह,खत्रीलाई सामाजिक विकास र केसीले बन मन्त्रालयको जिम्मेवारी पाउने छन् ।