बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचानमाथि प्रहार गर्दैछन् : राजेन्द्र महतो

सोमबार, चैत्र २६ २०८०

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक एवं  पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचानमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् ।

सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्। उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए । उनले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिने दाबी समेत गरे । नेपालीहरुको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको उनको आरोप थियो ।

क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै महतोले अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए ।

नेता महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने समेत बताए ।