काठमाडौं । नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्यान्ड ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ए लाई १५८ रनको सामान्य लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भयो ।
३९ औं ओभरको पहिलो बलमा लियाम म्याककार्थीलाई सहाब आलमको हातबाट ऐरीले क्याचआउट गराए । दोस्रो बलमा म्याथु हुम्फ्रेजलाई बोल्ड गरे भने तेस्रो बलमा बेन ह्वाइटलार्ई पनि बोल्ड गरे ।
ऐरीले ६.३ ओभर बलिङ गर्दा २१ रन खर्चेर चार विकेट लिएका छन् ।