प्रतिभा पहिचानसहित सकारात्मक प्रतिस्पर्धाको विकास हुने विश्वास
काठमाडाैं । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडाैंको आयोजनामा उक्त मुख्यालयको खेल मैदानमा Professional Activity Cycle अन्तर्गत विभिन्न विधाका खेलकुद कार्यक्रम तथा बाहिनीपति कप-२०८० सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम थापा, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु, उपत्यका स्थित स.प्र.बल, नेपालका गणहरु तथा गुल्मका प्रमुखहरु, स्थानीय जनप्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयको मातहत गण तथा गुल्महरूबाट विभिन्न विधामा खेलाडीहरु सहभागी भएका थिए ।
“शस्त्रले होईन, कुनै पनि देश खेलकुदका माध्यमद्वारा विश्वको बिजेता बन्नसक्छ, खेलकुदबाट नै राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्न सकिन्छ” भन्ने भावलाई संगठनले समेत आत्मसात गर्दै खेलकुद क्षेत्रलाई विकास गर्नको लागि Professional Activities Cycle (PAC) जस्ता अवधारणा ल्याई खेलकुदका विभिन्न विधाहरू समावेश गरी गुल्म, गण, बाहिनी तथा केन्द्रीय स्तरमा खेलकुद कार्यक्रमहरु संचालन गर्दै आईरहेको तथा सशस्त्र प्रहरी बल, नेपालका ईकाईहरुमा यस किसिमका खेलकुद गतिविधिहरु संचालन गर्दा सकल दर्जाका राष्ट्र सेवकहरुमा सामुहिक भावना, अनुशासन तथा शारीरिक एवम् मानसिक विकासमा सहयोग पुर्याउने अपेक्षा राख्दै प्रमुख अतिथि थापाले विभिन्न खेलमा उत्कृष्ट खेलाडीहरु छनाेट गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष संचालन हुँदै आईरहेको बाहिनीपति कप, यस वर्ष पनि चैत १३ गतेदेखि मातहतका गण तथा गुल्महरुबाट बिभिन्न १२ वटा खेलकुदका बिधाहरुमा खेलाडीहरुलाई सहभागी गराई प्रतिस्पर्धा गरिएको थियाे ।
यसबाट छनौट भएका प्रतिभाशाली खेलाडीहरु मध्येबाट निकट भविष्यमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा संचालन हुने सशस्त्र प्रहरी महानिरीक्षक कप-२०८० मा विभिन्न खेलकुदका विधाहरुमा सहभागी हुने खेलाडीहरुले केन्द्रीय स्तरमा पनि बाहिनीलाई सर्वोत्कृष्ट बनाउन तदारुकताका साथ लाग्न उनले निर्देशन समेत दिए।
साथै युनिट स्थापना दिवस मनाउने चलन, Professional Activity Cycle संचालन जस्ता कार्यले Barrack System (फौजी घर) मा बस्ने राष्ट्र सेवकहरुमा फौजी संस्कारको विकास, एक आपसमा भातृत्वको बिस्तार, पेशा प्रति निष्ठावान, कर्तब्य परायणताबाट पृथक मनोरञ्जनको वातावरणको सृजना, व्यक्तिमा सकारात्मक सोचको विकाश एवं Stress Management मा निकै हदसम्म सहायक सिद्ध हुने कुरा समेत आजको बिश्वले नै महशुस गरेको अपरिहार्य आवश्यकता भएको तथा यसै Professional Activity Cycle अन्तर्गत आफ्नो दैनिक डिउटीबाट PT time/Game time को समयको सदुपयोग गरी युनिट तहमा खेलकुद अभ्यास गर्ने एवं प्रतियोगिता संचालन गरी प्रत्येक बाहिनीमा बाहिनीपति कप खेलकुद प्रतियोगिता संचालन गरी त्यहाँबाट छनौट भएका खेलाडीहरु सम्मिलित बाहिनीहरु बिच प्रतिस्पर्धात्मक महानिरीक्षक कप खेलकुद प्रतियोगिता संचालन गर्ने थालनीले युनिट तहमा लुकेका प्रतिभाशाली खेलाडिहरुले आफ्नो खेल देखाउने मौका पाउनुका साथै तहगत सशस्त्र प्रहरी ईकाईहरु बिच कस्को प्रदर्शन राम्रो हुने, कस्ले कप जित्ने भन्ने सकारात्मक प्रतिस्पर्धाको विकास हुने, हुँदा २४ सै घण्टा एलर्ट हुनुपर्ने, Mentally and physically फिट हुनुपर्ने सशस्त्र प्रहरी बल, नेपाल जस्तो फौजी संगठनलाई नितान्त आवश्यक रहेको कुरा समेत निर्देशन दिए ।
बाहिनीपति थापाले वर्तमान अवस्थामा सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशलाई Border Security, Internal Security, Revenue Support, Disaster Management मा वर्गीकृत गरी परिचालित भई नतिजा मुलक उपलब्धी हासिल गर्न सफल भएको बताउँदै विपद् व्यवस्थापन तथा सचेतना अभियानमा समेत यस बाहिनीले उत्कृष्ट तवरबाट कार्यहरु संचालन गर्दै जिम्मेवारी क्षेत्रभित्र रहेका विपद्का क्षेत्रहरु पहिचान गरी विपद प्रतिकार्य तथा क्षति न्यूनिकरणको तयारी स्वरुप गत फाल्गुण महिनामा चन्द्रागिरी हिल्ससंगको सहकार्यमा जोखिमलाई न्यूनिकरण गर्न प्रतिकुल मौसमका बावजुत पनि दिने केबलकार आपतकालिन उद्धार अभ्यास-२०८० संचालन उत्कृष्ट रहेको बताए ।
साथै, संगठन सुधारका कार्यहरु अन्तर्गत संगठनले अवलम्वन गरेको सुधारका योजना कार्यान्वय अन्तर्गत बाहिनी मुख्यालयमा स्वीकृत दरबन्दी संख्या भन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरु नराख्ने भन्ने नीति, जुनियर अधिकृत वेशपति हुने वेशहरुमा योग्यताक्रम बमोजिम खटाउने नीति, Quick Impact Project अन्तर्गत बषौं देखी जिर्णोद्धारको पर्खाईमा रहेको पशुपतिनाथ मन्दिर परिसर मर्मत संभार, अशक्त दर्शनार्थी लक्षित ह्विल चियर वितरण एवं रुद्रमती क्रियापुत्री धाममा ढुङ्गेधारा सहित स्नानगृह निर्माण कार्य, बाहिनी देखि मद्धति सेवा गुल्म तहसम्म महिला स.प्र.क.हरुको लागी Sanitary Pad vending Machine with incinerator राख्ने कार्य, जवान तथा जुनियर अधिकृत मेश सुधार, Rice Steamer को प्रयोग, एक जवान एक बिस्तारा सम्बन्धी सुधार कार्यहरु समेत यस बाहिनी तथा मातहत इकाईले शत प्रतिशत लक्ष्य हासिल गरेको व्यहोरा समेत जानकारी दिइएकाे थियाे ।
देशको राजधानी शहर जहाँ स्थानीय तहदेखि संघीय तह एवं ७७ जिल्लामा भएका घटनाहरुको प्रतिकात्मक वा सघन प्रकृतिका बिरोध, धर्ना, प्रदर्शन यही बाहिनीको कार्य क्षेत्र अन्तर्गत हुने हुँदा कार्यक्षेत्रमा अहोरात्र खटिदै गर्दा पनि बार्षिक रुपमा संचालन हुने केन्द्रिय निरीक्षणमा यस बाहिनी अन्तर्गत रही मुल्याङ्कन भएका गणहरु मध्ये क्रमश: नं. १९ गण कार्यदल, नं.२२ गण भक्तपुर, नं. २१ गण ललितपुर प्रथम, द्वीतीय र तृतीय हुन सफल हुनुका साथै एक प्रतिशत भन्दा कम अंकको फरकले यस बाहिनी द्वितीय स्थान हासिल गर्न सफल भएको व्यहोरा समेत प्रमुख अतिथि थापाले जानकारी गराए ।
उक्त अवसरमा बिभिन्न युनिटहरुबाट सहभागी खेलाडीहरु मध्येबाट विभिन्न विधामा प्रथम, द्वीतीय तथा तृतीय हुने खेलाडीहरुलाई प्रमुख अतिथिले ट्रफी, मेडल तथा प्रशंसा पत्र प्रदान गर्नुका साथै उपस्थित विज्ञ संचारकर्मीहरुलाई समेत सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गरेका जनहितका कार्यहरु जनमानसमा पुर्याई अमुल्य योगदान गरेकामा हार्दिक धन्यवाद एवं आभार समेत प्रकट गरेका थिए ।