बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आइपीएल : कोलकोतासँग रोयल च्यालेन्जर्स बैंगलुरु पराजित

शनिबार, चैत्र १७ २०८०

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ ।

गतराति एम चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा बैंगलुरुले प्रस्तुत गरेको १८३ रनको लक्ष्य कोलकाताले १६.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकोताको जितमा वेन्कटेस ऐयरले ३० बलमा ५० रन बनाए । सुनिल नारिनले २२ बलमा ४७ रन बनाए । कप्तान श्रेयस ऐयरले ३९ र फिल साल्टले ३० रन बनाए ।

बैंगलुरुका यस दयाल, मयंक दागर र विजयकुमार भास्यकले समान एक–एक विकेट लिए ।

टस हारेर ब्याटिङमा आएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

बैंगलुरुका विराट कोहलीले ८३ रन बनाएका थिए । क्यामरुन ग्रीनले ३३, ग्लेन म्याक्सवेलले २८ र दिनेश कार्तिकले २० रन बनाए ।

कोलकाेताका लागि हर्षित राना र आन्द्रे रसलले समान दुई विकेट लिए । सुनिलले एक विकेट लिए ।

यो जितपछि कोलकोताले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै बैंगलुरुले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।