शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

गृहमन्त्रीमाथि छानबिन समिति गठनको घोषणा गर्नुपर्ने कांग्रेसको माग यथावत

बुधबार, चैत्र ७ २०८०

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न पुनः माग गरेको छ ।

आउँदो सदनको बैठकबाट छानविन समिति गठनको घोषणा गर्नुपर्ने कांग्रेसको माग छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने आफूहरुको माग यथावत रहेको बताइन् ।

आगामी संसद बैठकमा सरकारले समिति बनाउन नमाने काँग्रेसले संसद अवरोध गरेको नभइ सरकारले नै गरेको हुने उनले बताइन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्रीले बेइमानी र घात गरेको बताइन् ।

उनले गृहमन्त्री रवि लामिछाने पटक–पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानूनी र नैतिक प्रश्न रहेको बताइन् । प्रतिपक्षलाई संसद अवरोध गर्न चुनौति दिएको भन्दै प्रतिपक्षले संसद अवरोध गरेमा सरकार नचल्ने उनको भनाइ थियो ।