बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

मंगलबार, फाल्गुन २९ २०८०

काठमाडौं । बैकल्पिक गठबन्धनको प्रयास गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसहितका दलसँग गठबन्धन गरेपछि कांग्रेस सरकारबाट बाहिरिएको छ । यसैबीच कांग्रेस सभापति देउवाले बैठकका लागि संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका हुन् ।

बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने छ । संसदमा कांग्रेसको भावी भूमिका र रणनीतिका विषयमा छलफल हुने देउवाको सचिवालयले जनाएको छ ।

सत्ता समिकरण फेरिएसँगै सक्रिय भएका सभापति देउवाले पार्टीको आन्तरिक छलफललाई तिब्रता दिएका छन् ।