काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ ।
हङकङमा टस हारेर ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १९८ रन बनाएको हो । नेपालका दुई ब्याट्स मेनले अर्धशतक हाने । ओपनर कुशल भुर्तेलले ३९ बल खेल्दै ४ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ५९ रन बनाएर आउट हुन पुगे ।
त्यस्तै अर्का खेलाडी सन्दीप जोराले पनि अर्धशतक हाने । उनले २६ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा ५६ रन बनाएर आउट भए ।
विनोद भण्डारी २७ र लोकेश बम १४ रनमा आउट हुँदा विवेक यादव १९ तथा गुलशन झा १५ रनमा अविजित भए ।