मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

माधव नेपालले बाेलाए सचिवालयको आकस्मिक बैठक

सोमबार, फाल्गुन २१ २०८०

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सचिवालयकाे आकस्मिक  बैठक बोलाएका छन् ।

सत्ता गठबन्धन भत्किएपछि उनलेले सचिवालय बैठक बोलाएका हुन् ।

पार्टी मुख्यालय आलोकनगरमा दिउँसो तीन बजे बैठक बस्नेछ । बैठकमा सत्ता समीकरणमा देखिएको फेरबदलबारे छलफल हुनेछ ।

नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्किएर नेकपा एमालेसहितको नयाँ समीकरण बनेको छ ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) सामेल हुने लगभग निश्चित जस्तैछ ।