काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।
देउवाले आफ्नै निवास बूढानीलकण्ठमा १० बजेका आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् ।
सत्ता समीकरण बदलिने सम्भाबना बढेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएको स्रोतको भनाइ छ ।
बिहान देउवा, पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । भेटमा हालको सत्ता गठबन्धनलाई निरन्तरता दिनेबारे अन्तिम प्रयास भएको थियाे ।