मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

माओवादी केन्द्रको सचिवालय बैठक जारी

सोमबार, फाल्गुन २१ २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ ।

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दल माओवादी केन्द्रको बैठक बसिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

संक्रमणकालीन न्याय, सत्ता गठबन्धन लगायतका विषयमा छलफल गर्न बालुवाटारमा बैठक बसिरहेको एक नेताले जानकारी दिए।

संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।