बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

हङकङमा त्रिदेशीय टी–२० श्रृंखला खेल्ने नेपाली टोली घोषणा

आइतबार, फाल्गुन २० २०८०

काठमाडौं । त्रिदेशीय टी–२० सिरिज पपुवा न्युगिनि र हङकङउसँगको त्रिदेशीय टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।

रोहित पौडेलको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीव्र गतिका बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्।

घोषित टोलीमा स्टार खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, ललित राजवंशी र अनिल साह परेनन् । टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा,आरिफ शेख, विवेक यादव,रसिद खान, करन केसी, सागर ढकाल, प्रतिश जिसी, लोकश बम, आकाश चन्द, अभिनाश बोहेरा समावेश छन् ।

नेपालले फागुन २६ (मार्च ९) देखि ३० गतेसम्म हङकङमा त्रिदेशीय टी-२० सिरिज खेल्नेछन् ।

श्रृंखलामा नेपालसहित आयोजक हङकङ र पपुवा न्यू गिनी (पीएनजी) सहभागी हुनेछन् ।