बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

त्रिकोणात्मक टी २० : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

बुधबार, फाल्गुन १६ २०८०

काठमाडौं । त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । उक्त खेल टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ ।

अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।

पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।

नेपालले आज टोलीमा दुई परिवर्तन गर्ने बलियो सम्भावना छ । अनिल शाह र ललित राजवंशीलाई मौका दिने देखिन्छ ।