बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

वाफ वमेन्स च्याम्पियनसिप : लेबनानविरुद्ध जित निकाल्दै नेपाल फाइनलमा

बुधबार, फाल्गुन १६ २०८०

काठमाडौं । नेपाल वाफ वमेन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनल खेलमा १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले लेबनानलाई पराजित गरेको हो ।

लेबनानविरुद्ध नेपालले २-१ को जित निकालेको हो ।

यो जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको हो । साउदी अरेबियामा गए राति भएको खेलमा नेपाल पहिलो हाफमा १-० ले पछि परेको थियो । पहिलो हाफको ३८औँ मिनेटमा गोल गर्दै लेबनानले १-० को अग्रता लिएको थियो । लेबनानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाले पहिलो हाफसम्म गोल गर्न भने सकेन ।

तर, खेलको ७६औँ मिनेटमा सावित्रा भण्डारी ‘साम्बा’ले बराबरी गोल फर्काएकी थिइन् । त्यस्तै खेलको इन्जुरी समयमा प्रिती राईले गोल गर्दै लेबनानविरुद्ध २-१ को जित सुनिश्चित गरिन् ।

नेपालले अब उपाधिका लागि जोर्डनको सामना गर्नेछ । यसअघि भएको पहिलो सेमीफाइनलमा प्यालेस्टाइनलाई पराजित गर्दै जोर्डन फाइनलमा प्रवेश गरेको हो ।

पहिलो सेमिफाइनल खेलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि हुनेछ । यसअघि समूह ‘बी’ मा रहेको नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।