मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रतिपक्षले घेरियो संसद

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग

तीन मन्त्रीको बिषयमा प्रधानमन्त्रीको जवाफ चाहियो

शुक्रबार, फाल्गुन ११ २०८०

काठमाडौं । नेकपा एमालेले सरकारसँग बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

एमाले सांसद योगेशकुमार भट्टराईले बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले बालकुमारी घटनामा छानविन आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकार समक्ष माग गरेका हुन् ।

उनले छानविन आयोगले दिएको प्रतिवेदनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषि देखाएको भन्दै मन्त्री ज्वाला नैतिक रुपमा पदमा बस्न नमिल्ने बताए । उनले फागुन ६ गतेको बैठकमा प्रधानमन्त्री स्वयम्ले संसदमा बोल्दै युवाहरुको हत्या भएको बताएको भन्दै हत्या भएको भए त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने बताए ।

उनले टेरामक्स प्रकरणमा तत्कालिन सञ्चार मन्त्रीको हैसियतमा हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको संलग्नतामा अख्तियारले बयान लिएको भन्दै मन्त्री बस्नेत पदमा बहाल हुनेकुरा पनि स्वीकार नहुने बताए । सांसद भट्टराईले  लुम्बिनीस्थित रामग्रामको जग्गा निजी कम्पनीलाई भाडामा दिने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको निर्णयको सम्बन्धमा पनि छानविन गर्न माग गर्नुभयो । यि सबै विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने उनको भनाई छ ।

उनले तीन मन्त्रीको बिषयमा प्रधानमन्त्रीले संसदमा जानकारी गराउन माग गरे।

सांसद भट्टराईले मिटरब्याजीहरु अहिलेको गठबन्धनसँग नजिकका मान्छे भएकाले सरकारले कारबाही नगरेको पनि आरोप लगाए ।

यता सत्तारुढ सांसदले गणपूरक संख्या नपुर्‍याउन विपक्षी सांसदहरु बाहिर गएको आरोप लगाएपछि संसदमा विवाद भएको छ ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरु बाहिर गएको आरोप लगाएका थिए ।

लगतै विपक्षी सांसदहरुले उठेर विरोध गरे । सत्तारढ सांसदहरु पनि प्रतिवादमा उत्रिएपछि संसदमा हल्लाखल्ला भएको छ ।