काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।
छैटौं ओभरको पाचौं बलमा भीम सार्कीले म्याक्स ओ’डाउडलाई १० रनमा रन आउट गरे ।
टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले ८ ओभरमा २ विकेट गुमाएर २२ रन बनाएर खेलिरहेको छ ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । करण केसी र पवन सरार्फ बाहिर भएका छन् । दीपेन्द्रसिंह ऐरी र देव खनाल टिममा छन् ।