मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

मन्त्री किराँतीले कार्यकक्ष सफा गरेको फोटो सार्वजनिक भएपछि कलाकार दीपकराज गिरिले भने : यस्ता फोटोलाई आजकल नाटक गरेको भनिन्छ

शुक्रबार, फाल्गुन ४ २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्ष आफैँले सफा गरको छन् ।

सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा उनले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ ।

क्रिश्चियन महोत्सवको कार्यक्रममा गरेको एउटा उग्र भाषणले विवादमा मुछिएका मन्त्री किराँतीे एक पछि अर्को ‘स्टन्ट’मा जुटि हाल्छन् । केहीसमय अघि उनी मिडियाकर्मी सँगै लिएर कहिले कहाँको अनुगमन कहिले कहाँको अनुगमन भन्दै निस्किँन्थे । आज फेरि आफ्नै कार्यकक्षको भुइँ पुछिरहेको एक भिडियो सार्वजनिक भएको छ ।

मन्त्री किराँती आफ्नै बोली र सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिका कारण पनि विवादमा तानिएका व्यक्ति हुन् । स्वार्थ समूहले देश चलाइरहेको ठोकुवा गरेका उनी कहिले आफूलाई सिधै घूस प्रस्ताव आएको दाबी समेत गरेर चर्चा बटुल्ने नेतामा पर्छन् । यतिमात्र कहाँ हो र केही समय अघि उनी कुचो लिएर मठमन्दिर सफा गर्न समेत पुगेका थिए । तर राम्रो काम गर्न खोज्दा आफूलाई ‘स्टन्ट’ गरेको आरोप लाग्ने गरेको उनले गुनासो गर्दै आएका छन् ।

उक्त भिडियो बारे कलाकार दिपकराज गिरिले व्यङ्य गर्दै भनेका छन् ‘होइन काम भनेको सानो ठूलो हुन्न आफ्नो कार्यकक्ष आफै बडार्नु पर्छ भन्ने लागेको हो भने , फोटो खिच्न दिनु हुन्नथ्यो , खिचेकै भएपनि पोष्ट गर्न दिनु हुन्नथ्यो ।’

मन्त्री किराँतीको प्रेस संयोजकका अनुसार उक्त भिडियो आज बिहानको हो र कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैं सफा गरेका हुन् ।