काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।
नेपालका बलर कुशल मल्लले क्यानडाका निकोलस किर्तोनलाई आउट गराए ।
यसअघि हेमन्त धामीले डेब्यु विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । नेपालका लागि दोश्रो विकेट आकाश चन्दले लिएका थिए ।
अहिले क्यानडा १९ ओभरको समाप्तिसँगै तीन विकेटको क्षतिमा ७६ रनमा खेलिरहेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले बलिङ गरिरहेको छ ।