मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री थापाको संवाद यात्रा स्थगित

मंगलबार, माघ २३ २०८०

काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ ।

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो । संवाद यात्रा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चालन गरेको मेची महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित भएको छ।

झापाबाट यही माघ १३ गते सुरु भएको संवाद यात्रा हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगञ्जसम्म पुगेको थियो।  उनको यो संवाद यात्रा यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम रहेको थियो।  स्थगित भएको कार्यक्रम पछि समय मिलाएर निरन्तरता दिइ समापन गर्ने थापाको सचिवालयले जनाएको छ।

यसको औपचारिक निर्णय आज बिहान बोलाइएको केन्द्रीय समितिको आकस्मिक बैठकले गर्ने छ ।

समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो । त्यसका लागि माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि  र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइएको थियो ।