सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

मधेशमा सत्ता गठबन्धनबाटै विरोध र नाराबाजी

बिहिबार, माघ ४ २०८०

जनकपुरधाम । मधेश सरकारले एक वर्ष पूरा भएको अवसरमा बुधबार बिहान ११ बजे उपलब्धि सार्वजनिकीकरण कार्यक्रम राखेको थियो ।

जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभा हलमा झण्डै दुईघण्टा ढिलो कार्यक्रम सुरु भयो । प्रदेश सरकारका सबै मन्त्री उपस्थित मञ्चबाट मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो एक वर्षको उपलब्धिको २२ पृष्ठ लामो फेहरिस्त पढेर सुनाए ।

उक्त कार्यक्रम भइरहेकै बेला जनमत पार्टीका नेता कार्यकर्ताहरु प्रवेश गरी भ्रष्टाचार काण्डहरुको छानविन गर भन्दै प्रदर्शन गरेका छन् ।

मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल खरिद, मुख्यमन्त्री स्वच्छता अभियान, जानकी मन्दिरको सौन्दर्यीकरण लगायतका भ्रष्टाचार काण्डहरुको छानविन हुनुपर्ने जनमत पार्टीका नेता कार्यकर्ताहरु माग गरे । जनमतका प्रदर्शनकारीहरु प्रदेश सरकार मुर्दाबाद, भ्रष्ट मुख्यमन्त्री मुर्दाबाद जस्ता नारा लगाएका थियो ।

उनीहरुको प्रदर्शनका कारण कार्यक्रम केहीबेर बिथोलिएको थियो ।