काठमाडौं । राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने छ ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।
राष्ट्रियसभा निर्वाचनमा भागबन्डा गरिसकेको सत्ता गठबन्धनले बैठकमा गठबन्धनका उम्मेदवार जिताउने विषयमा छलफल हुने बुझिएको छ ।