सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित गरिँदै

बिहिबार, पुष २६ २०८०

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित गर्दैछ ।

राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । उजुरीको जाँचबुझ सकेर आज उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

भोलि शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिनसक्नेछन् । त्यसपछि भोलि दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने आयोगले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।