सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

कोशी प्रदेशमा आज सभामुख चयन, निर्णयमा फेरबदल नआए राप्रपाका विष्ट निर्विरोध सभामुख

मंगलबार, पुष २४ २०८०

विराटनगर । कोशी प्रदेशमा सभामुखको चयनका विषयमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफल गरेका छन्।

प्रदेशसभा सचिवालयमा बिहानैदेखि प्रमुख दलहरूको संसदीय दलको बैठक बसेको थियो ।

आज बसेको कार्याव्यवस्था समितीको बैठकले सहमतिमा भए सहमति नभए प्रक्रियामा गएर भए पनि कोशी प्रदेश सभामुख चयन गर्न तयारी छ ।

यता राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको छ ।

दलको मङ्गलवार बिहान बसेको बैठकले सो निर्णय गरेको एक सांसदले बताए । बैठकमा राप्रपा प्रदेश समितिका सभापति राम थापासहित पदाधिकारसमेत सहभागी थिए ।

सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ ।

सत्ता गठबन्धन काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा यसअघि नै राप्रपालाई सभामुख दिन तयार भएका छन् ।

राप्रपामा सभामुख लिने विषयमा पनि निर्णय भइसकेको  र राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने भएको छ । सबै दलको सहयोगमा सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।

यता आज विहान बसेको एमाले संसदीय दलको बैठकले गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेको छ । कोशीमा राप्रपालाई सभामुख दिन सत्ता गठबन्धन तयार देखिएका छन् ।

सभामुखको निर्वाचन आजै हुने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने  निर्णय गरेको हो । कार्यसूची भने केहिबेरमा प्रकाशन हुने उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् ।

सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनदेखि कोशी प्रदेशमा सभामुख रिक्त छ ।