बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

२५ अर्ब रुपैयाँको निक्षेप उपकरणको बिक्री आज

बुधबार, पुष १८ २०८०

नेपाल राष्ट्र बैंकले बुधबार २५ अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्न लागेको छ । आज अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार परिपक्व हुुने अवधि १४ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती माघ तीन गते तोकिएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।