सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

प्रचण्ड भेट्न देउवासहित कांग्रेसका नेता पुगे बालुवाटार

मंगलबार, पुष १७ २०८०

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्नका लागि कांग्रेस नेताहरु बालुवाटार पुगेका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।

दुई दलबीच अब गठबन्धनका अन्य दलबीच पनि छलफल गरेर निष्कर्षमा पुर्‍याउने सहमति बनेको छ ।

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ । पुसको २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ ।

सत्तारुण दलहरुबीच गठबन्धन गरेर चुनावमा जाने सहमति यसअघि नै भएपनि सीट बाडफाँडमा भने सहमति भएको छैन ।