सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ

सोमबार, पुष १६ २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतसहित केही व्यक्ति पक्राउ परेका छन् । धोती दिवस मनाउने क्रममा उनी माइतीघर मण्डलाबाट पक्राउ परेका हुन् ।

उनीसहित राष्ट्रिय धोती दिवस मनाउन भन्दै माइतीघर भेला भएकी सामान्य प्रसाशनमन्त्री अनिता देवी साह पनि पक्राउ परेकी छन् । मन्त्री साह आज बिहान बसेको मन्त्रिपरिषद् बैठक लगत्तै प्रदर्शनमा पुगेकी थिइन्।

ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ ।

स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको स्थानमा प्रदर्शन गरेकाले प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रशासनले माइतीघर क्षेत्रमा अहिले कुनै पनि सभा सम्मेलन, प्रदर्शन गर्न रोक लगाएको छ ।

पक्राउ परेका उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।