शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१० प्रतिशत रकम असुल भएमा कर्जा पुनरसंरचना गर्न सक्ने

सोमबार, पुष ९ २०८०

पुर्वाधार बिकास बैंकले १० प्रतिशत रकम असुल गरी कर्जा पुनरसंरचना गर्न सक्ने भएको छ । आईतबार पुर्वाधार बिकास बैंकको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

यो व्यवस्था अनुसार अबदेखि पुर्वाधार विकास बैंकले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, ईँटा÷ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र यातायात क्षेत्रसँग सम्बन्धित कर्जा परियोजनामा लगानीमा रहेको कर्जालाई ऋणीको अनुरोधमा उद्योग÷व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सक्ने छ ।

परिपत्र अनुसा यस्तो पुनरतालिकीकरण र÷वा पुनरसंरचना २०८० चैत मसान्तभित्र गरिसक्नु पर्नेछ । २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्न सकिनेछ । उपर्युक्त बमोजिम पुनरतालिकीकरण र÷वा पुनरसंरचना गरिएका कर्जाहरुमा पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । यसरी पुनरतालिकीकरण र÷वा पुनरसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्ने छ ।