शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बैंक तथा वित्तीय संस्था

माछापुच्छ्रे बैंकमा सन्तोषको दोस्रो पुनरावृत्ति, डिजिटल प्रविधि र सुशासनमा सुधारको अद्वितीय करियर!

बिहिबार, पुष ५ २०८०

काठमाडौं – माछापुच्छ्रे बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् ।

विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।

साढे दुई दशक भन्दा लामो अनुभव बटुली सकेका प्रमुख कार्यकारी अधिकृत कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन ।

पहिलो कार्यकालमा माछापुच्छ्रे बैंक लि. वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको छ ।