काठमाडौं- राजश्व सम्वन्धी प्रयोजनको लागि शनिवार पनि बैंक तथा फाईनान्स कम्पनीहरुको शाखा खुल्ने भएको छ । शुक्रबार सञ्चालनमा रहेका बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी तथा अन्य वित्तीय संस्थाहरुको नाउँमा सुचना जारी गदै यही मंसिर ३० गते शनिवार बैंकको शाखाहरु खुल्ला राख्न निर्देशन दिएको हो ।
आन्तरिक राजश्व बिभागको पत्र अनुसार यही मंसिर ३० गते आर्थिक ऐन २०८० ले प्रदान गरेको छुट तथा सुविधामा सहभागी हुने अन्तिम दिन रहेको र राजश्व दाखिला गर्नै समय भएकाले उक्त दिन बैंकको राजश्व संकलन गर्ने सबै प्रकारको शाखा तथा काउन्टर एवं नेपाल क्लियरिङ हाउस खुला गरी राजश्व बुझने एवं राजश्व जम्मा सम्वन्धी चेक क्लियरिङ गर्नैं व्यवस्था गर्न यो सुचना जारी गरिएको हो, राष्ट्र बैंकले भनेको छ ।