काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध फितलो प्रदर्शन गरेको छ ।
भारतका बलर सामू नेपाल कुनै ब्याट्स मेन टिकेर खेल्न सकेनन् । नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले १७ रन जोड्दा नै ६ विकेट गुमेको थियो ।
टस हारेर सुरुवातमा ब्याटिङ गरेको नेपालले २२.१ ओभरमा अलआउट हुँदै ५२ रनमात्र जोडेपछि भारतले ५३ रनको सामान्य लक्ष्य पाएको हो ।
यू-१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै कम स्कोर हो । यसअघि नेपाल सन् २००८ मा जिम्बाब्वे विरुद्ध ५९ रनमा अलआउट भएको थियो ।
नेपाललाई अल आउट गर्ने क्रममा भारतका राज लिम्बानीले ७ विकेट लिए ।
आज भारतसँग हारे यो प्रतियोगिताको नेपालको तेस्रो हार हुनेछ । । यसअघि नेपाल पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको थियो ।