काठमाडौं- समृद्धि फाइनान्स कम्पनि लिमिटेडका ग्राहकहरुले तीन वटा संस्थाहरुमा छुट पाउने भएका छन् । फाईनान्सका अनुसार मंगलबार संस्थाले गौतम बुद्ध पोलिक्लिनिक प्रा.लि. खरेन्द्रपुर, कपिलवस्तु र हाम्रो केक तथा दुध डेरी खरेन्द्रपुर, कपिलवस्तुसंग समझादारी गरेपछि ति संस्थाहरुको सेवामा छुट पाउने भएका हुन ।
यो समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति २०८०/०८/१९ देखि २०८१/०८/१८ गते सम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्युआर प्रयोग गरि समझदारी भएका पोलि क्लिनिक तथा डेरीमा वस्तु तथा सेवाको उपभोग गरि भुक्तानी गर्दा भारी छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट खरेन्द्रपुरका शाखा प्रमुख संगिन गैरे, गौतम बुद्ध पोलिक्लिनिक प्रा.लिका तर्फबाट व्यवस्थापक प्रमुख बाबुराम भुषाल र हाम्रो केक तथा दुध डेरीका तर्फबाट सीतादेवी खासुज्यूले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।
फाइनान्सका सम्पुर्ण ग्राहकहरुले गौतम बुद्ध पोलिक्लिनिक प्रा.लि. मा नियमित ओ.पि.डि. चार्जमा १०० प्रतिशत छुट, वेड चार्ज, एक्स रे चार्ज, ल्याब चार्जमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् । साथै हाम्रो केक तथा दुध डेरीमा सबै किसिमका बेकरी प्रोडक्टमा पाँच प्रतिशत छुट प्राप्त गर्नेछन् ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ताडिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।