काठमाडौं- रिलायन्स फाइनान्स लिमिटेडको चौधौं वार्षिकोत्सवको “संस्थागत सामाजिक उत्तरदायित्व“ अन्र्तगत हिमचुलि आमा समुह फेदीखोला गा.पा ४ वडाचौर स्याङ्गजालाई किचन सामग्रि तथा डष्टविन वितरण साथै महिला सशत्तिकरण सम्बन्धी कार्यक्रम गरेको छ । पोखरा शाखाका प्रमुख प्रकाश पौडेलको सभापतित्वमा तथा फेदीखोला गा. पा वडा नं. ४ का वडा सदस्य हेमन्त राज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको उत्त कार्यक्रमा फाइनान्सका जनसम्पर्क अधिकृत सुदिप सापकोटाले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
एक कार्यक्रमको विच पोखरा शाखाका शाखा प्रबन्धक प्रकाश पौडेलले समूहकी अध्यक्ष शन्ति देवी पौडेललाई उत्त सामाग्री हस्तान्तरण गरेका हुन । कार्यक्रममा शाखा प्रमुखले फाइनान्सद्धारा सञ्चालित कार्यक्रमहरु केवल नाफाका लागि मात्र नभएर लोककल्याणकारी कार्यका लागि पनि फाइनान्सले त्यत्तिकै महत्व राखी आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको र निकट भविष्यमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रमहरुलाई अझ बढी महत्वका साथ निरन्तरता दिने बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति हेमन्त राज पौडेलले स्थानीय महिला दिदीवहिनहरुलाई शसत्तिकण सम्बन्धी कार्यक्रम गराइ दिएकोमा गराइदिएकोमा रिलायन्स फाइनान्सलाई धन्यवाद दिनुको साथै आगमि दिनमा यस्ता कार्यक्रमहरु ग्रामिण क्षेत्रमा प्रथामिकतासाथ संचालन गर्न आग्रह गरे । उत्त कार्यक्रममा फाइनान्सका गणेश सुवेदी तथा समूहका सदस्य लोकमाया पौडेलल, सुमित्रा देवि पौडेल, चन्दकुमारी गरुङ, राममाया पौडेललागएतले आफ्नो विचार राखेका थिए ।
नेपाल राष्ट्र बैकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरी का.म.न.पा. १ कमलादीमा आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित देशका मुख्य मुख्य स्थानमा २१ वटा शाखा कार्यालय मार्फत कारोबार गर्दे आएको छ । संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ संस्थाका ग्राहकहरूलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शीर्षकहरूमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागु गरी आकर्षक व्याज प्रदान गर्दे निक्षेप संकलन गर्दे आएको छ ।