काठमाडौं- सहकारी संस्थाहरुको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको संस्था कुटुम्ब बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बृहत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । बचत संकलन र ऋण परिचालनमा मात्र नभई सामाजिक कार्यमा पनि त्यति नै सक्रिय रहेको संस्थाले आफ्नो १२ औं स्थापना दिवस मनाउने क्रममा बृहत रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।
सहकारीको दिगोपन: स्वनियम र सुशासन तथा सवल, गुणस्तरीय र व्यवसायीक कुटम्व सहकारी भन्ने मुल नारासहित काठमाण्डौको कोटेश्वरमा कार्यालय रहेको संस्थाले शनिवार आफ्नो १२ औं स्थापना दिवस मनाएको हो ।

संस्थाका व्यवस्थापक खेलनाथ सिग्देलका अनुसार कार्यक्रममा १२ जना महिला र ३२ पुरुष गरी कुल ४४ जनाले रक्तदान गरेका छन् । रगतको अभाव रहेकोले केहि मात्रामा भएपनि आपूर्ति सहज गराउने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरेका हौं, उनले भने । संस्थाका अनुसार कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन (ब्लोदान) पूर्वी भेगिय क्षेत्रिय समितिको संयोजन रहेको थियो भने कान्तिपुर रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।
संस्थाले बिभिन्न अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । यसअघि पनि निशुल्क दन्त शिविरको आयोजना गरिएको संस्थाले जानकारी दिएको छ ।
