शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१८ अर्ब ५० करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

आइतबार, मंसिर १० २०८०

काठमाडौ- नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार जारी मिति मंसिर १२ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैंयाँ बराबरको रहेको छ । यि ट्रेजरीहरुको परिपक्क हुने अवधि भने क्रमशः बिसं २०८० पुस १० गते, बिसं २०८१ जेठ १५ गते र बिसं २०८१ मंसिर ११ गते तोकिएको र यि सबै ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।

यसअघि यही मंसिर चार गते पनि राष्ट्र बैकले २३ अर्ब २३ करोड ३२ लाख रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।