शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीद्धारा शपथ ग्रहण

शुक्रबार, मंसिर ८ २०८०

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकको यही मंसिर सात गते बिहीवार बसेको चार सय ९१ औ संचालक समितिको बैंठकले के.सीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । उनी एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आवद्ध रहेका छन् ।