शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१७ अर्ब ८५ करोड रुपैयाँँको ट्रेजरी बिल भोलि

बिहिबार, कार्तिक २३ २०८०

काठमाडौ- नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार पुन १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह १२ः३० बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार बोलकबोलको माध्यमद्धारा बिक्री गरिने ट्रेजरी बिलको जारी मिति मंसिर एक गते तोकिएको छ भने ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको नौं अर्ब ८५ करोड ५० लाख रुपैंयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० फागुन एक गते र २०८१ जेठ एक गते तोकिएका छन् । यि सबै टे«जरीहरु बिलहरु पुरानो नविकरण अन्र्तगतका हुन ।

यसअघि यही कात्र्तिक २० गते पनि २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकको भनाई छ ।