बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कप्तान रोहित र गुल्सनको अर्धशतकसँगै नेपालले ओमानलाई दियो १८५ रनको चुनौती

आइतबार, कार्तिक १९ २०८०

काठमाडौं । टी-२० विश्वकप छनोट खेलकाे फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पुरै ओभर खेल्दै ओमानलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ ।

ओमानविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेल र गुल्सन झाले अर्धशतकीय पारी खेलेका छन् । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए । गुल्शन झा २५ बलमा चार छक्का र ५ चौकासहित ५४ रन बनाए । रोहितले ३७ बलमा २ छक्का र ५ चौकाको मद्धतमा ५४ रनमा अविजित रहे । करन केसीले ६ बलमा २ छक्का र एक चौकासहित २० रनमा अविजित रहे ।

कुशल भुर्तेल ३१, सन्दीप जोरा १० रन बनाएर आउट भए । आसिफ शेखले ६ र कुशल मल्लले ३ रनमा आउट हुँदा विवेक यादबले १ रन मात्र बनाउन सके ।

अन्तिम ओभरमा नेपाले २४ रन बनाएको थियो ।

केही बेरमा ओमानले ब्याटिङ गर्दैछ ।