काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई मन्त्री नियुक्त गरेसँगै उनीहरूले शपथ लिएका छन्।
शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुले शपथ लिएका हुन्।
कार्कीले कात्तिक १ गते बुधबार कोशी प्रदेशसभाबाट भारी बहुमतसहित विश्वासको मत पाएका थिए। उनी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
तर अहिले एमालेको समर्थन विपरीत कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको हो।
यता आफूहरूसँग भएको सहमतिविपरीत कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।
मुख्यमन्त्री कार्कीले केही दिन अघि मात्र एमालेको गुन नबिर्सिने बताएका थिए । तर, सुरूदेखि नै गठबन्धनलाई मन्त्रिपरिषद्मा समेट्न प्रधानमन्त्री एवम् माओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाब थियो ।