काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि बिरोध भइरहेको बताएका छन् ।
बिहीवार साहित्यकार अनु शाहको कविता कृति अनुरागको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो आलोचना अहिलेसम्म भएको नसुनेको भन्दै आलोचना गर्ने ठाउँ नपाएपछि बिरोध गरिहेको बताए । ओलीले नेपालको भूमि समेटेर नक्शा जारी गरिसकेपछि केही विदेशी सञ्चारमाध्यमहरुले आवेगमा कम्बोडियामा ३ हजार करोड लगानी रहेको भ्रमपूर्ण समाचार प्रकाशित गरेको कुरालाई अहिले प्रचार गरिएको बताए । उनले उक्त सञ्चारमाध्यमहरुले गल्ती भएको स्वीकार गरिसकेको कुरालाई अहिले बिरोधका लागि प्रचार गरिएको बताए ।
अध्यक्ष ओलीले कुनैपनि कम्पनीमा तीन हजार करोड लगानी गर्दा गाप्य नरहने भन्दै उनँले सो लगानी गरेको पत्ता लगाउनेलाई उक्त रकमसहित एक हजार बक्सिस दिने समेत बताए । उनले आफूले देश र जनताकाप्रति निष्ठाका साथ गरेको कामलाई जीवनभर गरिरहने बताए ।
उनले आफूले नेपालको भूमि समेटेर नक्शा छापेपछि केही विदेशी मिडियाहरुले अत्यन्त उत्तेजित भए, मेरा बिरुद्ध लेखे, जथाभावी लेखे, कुनै मर्यादाको सीमा नरहेको बताउँदै भने, त्यो आलोचना होइन, बिरोध हो । पछि यो गल्ती भयो भने । अहिले फेरि त्यही कुरा ४ वर्षअघि गल्ती भयो, आवेशमा बोलियो भनेर स्वीकारीसके । अहिले त्यही कुरा एकथरीले लिएर हिँडेका छन्, कम्बोडियामा लगानी भनेर । मलार्ई थाहा छैन, ट्रकमा पठाएँ की जेटमा पठाएँ की । त्यो तीन हजार करोड पत्ता लगाउ, तिमीलाई नै दिउँला र बक्सिस स्वरुप १ हजार दन्छु भनेको थिएँ । त्यत्रो लगानी छ भने गोप्य रहँदैन होला । मैले देश र जनताकाप्रति जुन निष्ठाका साथ काम गरेको छु, त्यो जिन्दगीभर छोड्दिन ।’
अध्यक्ष ओलीले अहिले पनि आफूलाई स्वास्थ्य कस्तो छ ? भनेर जिस्क्याउने गरेको आशय व्यक्त गरे । उनले स्वास्थ्य कस्तो छ भनेर धेरै पटक सोधिरहनेहरुलाई अझै २० वर्ष राजनीति गर्छु भन्ने जवाफ दिएको बताए ।
अध्यक्ष ओलीले सबैजना सधैँ आशावादी भएर जिउन सिक्नुपर्ने बताए ।