काठमाडौं । नेपालले ओमानको सात बिकेट लिन सफल भएको छ ।
त्रिभुवन बिश्वबिद्यालय, किर्तिपुरमा जारी खेलमा नेपालले सात बिकेट लिएर ओमानलाई दबाबमा राखेको छ ।
आइसिसी टी– २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा नेपालले सुखबाटै ओमानलाई दबाबमा राखेको छ ।
खेल सुरु भएको आधा घन्टा भित्रमा नै दुई बिकेट दिएको नेपालका सन्दीप लामिछानेले नेपाललाई एकै ओभरमा २ सफलता दिलाएका छन् ।
१४ औँ ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका हुन् ।
यस्तै ओमानविरुद्ध सोमपाल कामीले २ तथा करन केसी र गुल्सन झाले १/१ विकेट लिएका छन् । यस्तै अभिनाश बोहोराले एक विकेट लिएका छन
। पन्द्रौ ओभरको खेल चलिरहदा ओमान १०२ रन बनाउन सफल भएको छ ।