काठमाडौ- नेपाल राष्ट्र बैकले १७ करोड ६७ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । अफ्नो बिभिन्न कोषहरुमा रहेको रकम तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा २०८० मंसिर चार गतेदेखि २०८१ मंसिर तीन गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार यसरी मुुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि १४ करोड १४ लाख, बिकास बैंकहरुको लागि दुई करोड ६५ लाख र फाईनान्स कम्पनीहरुको लागि ८८ लाख रुपैयाँ छुुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही कात्र्तिक १४ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।