बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

बिहिबार, कार्तिक २ २०८०

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ ।

युएसडी(युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा नेपालले विशाल स्कोर बनाएको हो ।

कुमालले अन्डर १९ अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दोस्रो शतक पूरा गर्ने क्रममा ११२ बलमा १४२ रन जोडेर आउट भए । उनी नेपालका तर्फबाट उमेर समूहको क्रिकेटमा एउटै म्याचमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् ।

अर्जुनलाई तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले बलियो साथ दिएका थिए । उनले ९८ बलमा ८९ रन बनाए । कप्तान देव खनालको आज ब्याट चलेन । दुई बल खेलेका उनी शून्यमै आउट भए ।

साउदीअरबका लागि मोहम्मद घायूर अहमदले ८ ओभरमा ३८ रन खर्चेर दुई विकेट लिए । यस्तै मुहम्मद अहमद राजाले ६.१ ओभरमा ६० रन खर्चिएर दुई विकेट लिएका छन् ।