शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्र बैंकद्धारा वित्तीय अवस्था सम्वन्धी प्रतिवेदन सार्वजनिक

कुल निर्यातमा आठ प्रतिशतले कमी , दुई महिनामा २६ अर्ब ४५ करोड रुपैंयाँको वस्तु निर्यात

मंगलबार, असोज ३० २०८०

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको दुई महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०-८१ को दुई महिनाको तथ्यांकमा अनुसार चालु आवको दुई महिनामा कुल वस्तु निर्यात सात दशमलव आठ प्रतिशतले घटेर २६ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४ दशमलव नौं प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १५ दशमलव छ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय ३८ दशमलव पाँच प्रतिशत र पाँच दशमलव एक प्रतिशतले वृद्धि भएको छ ।

प्रतिवेदन अनुसार वस्तुगत आधारमा जिंक शिट, अलैंची, पार्टिकल बोड, पोलिस्टर धागो, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०-८१ को दुई महिनामा कुल वस्तु आयात पाँच दशमलव एक प्रतिशतले कमी आई दुई खर्ब ५९ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः पाँच दशमलव दुई प्रतिशत र २१ दशमलव पाँच प्रतिशतले कमी आएको छ भने चीनतर्फको आयात २५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा एम.एस. तार, छड, बार तथा क्वाइल, तयारी पोशाक, विद्युत्तीय उपकरण, लत्ताकपडा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।

नर्याततर्फ{ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०-८१ को दुई महिनामा कुल वस्तु व्यापार घाटा चार दशमलव सात प्रतिशतले कमी आई दुई खर्ब ३३ अर्ब ३० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा नौं दशमलव चार प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव दुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव पाँच प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ३२ अर्ब १४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६ अर्ब २३ करोड बराबरको भएको थियो ।

प्रतिवेदन अनुसार चालु आवको दुई महिनामा कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४ दशमलव एक प्रतिशत र ४५ दशमलव छ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात शुन्य दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५७ दशमलव दुई प्रतिशत, शुन्य दशमलव शुन्य तीन प्रतिशत र ४२ दशमलव दुई प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५२ दशमलव दुई प्रतिशत, पुँजीगत वस्तुको नौं दशमलव एक प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८ दशमलव एक प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३ दशमलव सत प्रतिशत, आठ दशमलव सात प्रतिशत र ३७ दशमलव सात प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।