शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

साँग्रिला डेभलपमेन्ट बैंकद्धारा भारतबाट आएका दुई महिला बाइक राइडरलाई स्वागत

बिहिबार, असोज २५ २०८०

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले भारतबाट आएका दुई महिला बाइक राइडरलाई स्वागत गरेको छ । बैंकका अनुसार ‘स्टप सेक्सुल भायलेन्स’ भन्ने नारा बोकी जनचेतना फैलाउँदै हिँडेका दुई बाइक राइडरलाई स्वागत गरेको हो ।

भारतबाट गत अक्टोबर १ मा मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई बैंकले बालुवाटारस्थित कार्यालयमा स्वागत गरेको बैंकले जानकारी दिएको छ । बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्तकुमार प्रसादले बाइक राइडरलाई स्वागत गरेका हुन । भारतबाट स्वाती आर र अनिता एम आएका हुन् ।

यस स्वागत कार्यक्रमले स्टप सेक्सुल भायलेन्स भन्ने नारा बोकेर हिडेका बाइक राइडरलाई प्रेरणा मिल्ने र यो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकको रहेको छ ।