सवल बिकास बैंकहरु मध्येमा अब्वल बन्दै
काठमाडौं- शाईन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरका सवल बिकास बैंकहरु मध्येमा अब्बल बन्दै गएको छ । क्षेत्रियस्तरको तीन जिल्ले बिकास बैंकबाट १० जिल्ले हुदै अगाडि बढेको बैंकको व्यवसायीक उडान अहिले राष्ट्रियस्तरका बिकास बैंकरु मध्येमा सवल मध्येको अब्बल बन्ने दौडमा रहेको छ ।
बिसं २०६५ साल फागुन ११ गते तीन जिल्ले बिकास बैंकहरुकोरुपमा रुपन्देहीमा शाईन डेभलपमेन्ट बैंकले वित्तीय कारोबार सुरु गरेको थियो । त्यसपछि बिसं २०६९ चैत्रमा रेसुंगा डेभलपमेन्ट बैंकलाई मर्ज गरेपछि यो बैंक शाईन रेसुंगा डेभलपमेन्ट बैंक बन्यो भने कार्य क्षेत्र तीन जिल्ले बाट १० जिल्ले भयो । त्यसपछि पनि शाईनले गौमुखी बिकास बैंकलाई मर्ज गर्यो भने भार्गभ र पुर्णिमा बिकास बैंकलाई प्राप्ती गर्यो । सो पश्चात बिसं २०७६ आश्विन २७ गतेबाट राष्ट्रियस्तरको बिकास बैंककोरुपमा स्त्तरोन्नती भएको यो बैंकको हेडक्वार्टर रुपन्देहीमा रहेको छ । आजमा दिनमा यो बैंक राष्ट्रियस्तरका सवल बिकास बैंकहरुको सुचीमा अग्रपंक्ती कै हाराहारीमा आउँछ ।
बैंकमा हाल थानेश्वर पौडेलको अध्यक्षतामा डा. ताराप्रसाद उपाध्याय, इन्जिनियर सुरज उप्रेती, मोहन चापागाई, बिरेन्द्र बिष्ट, नम्रता भण्डारी र गोपाल प्रसाद पाण्डे सहितको सात सदस्यीय सञ्चालक समिती रहेको छ । यसैगरी बैंकको व्यवस्थापन प्र्रमुख अर्थात प्रमुख कार्यकारी अधिकृतको पदमा प्रकाश पौडेल रहेका छन भने सहायक प्रमुख कार्यकारी अधिकृतको पदमा लोकराज पनेरु रहेका छन् । बैंकलाई यो व्यवसायीक उचाईमा पुर्याउने सञ्चालक एवं व्यवस्थापन समिती सहित बैंकका सम्पुर्ण कर्मचारी, आम ग्राहक, शेयरधनी, शुभचिन्तक, नियमनकारी निकाय सबैको साथ र सहयोग रहेको छ । यही साथ र सहयोग कैं कारण बैंक आजको दिनसम्म आईपुगेको हो । यो अवस्थासम्म आईपुग्दा बैंकले बेष्ट म्यानेज डेभलमेन्ट बैंक अवार्ड २०२२, इर्मर्जिङ एशिया बैंकिङ अवार्ड लगायतका थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरु हात पारिसकेको छ । वित्तीय कारोबारको अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्नै कार्यमा पनि बैंक निकै अगाडि रहेको छ ।
बैंकले आर्थिक बर्ष २०७९/८० मा ७८ करोड ६८ लाख २६ हजार ७८ रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ६४ करोड ८७ लाख सात हजार दुई सय ७१ रुपैंयाँ रहेको थियो । हाल चुक्ता पुँजी चार अर्ब २८ करोड ३८ लाख ८३ हजार दुई सय १३ रुपैंयाँ रहेको बैंकले आव २०७९/८० मा ५६ अर्ब १३ करोड २० लाख ८६ हजार दुई सय ९९ रुपैंयाँ निक्षेप संकलन गरी ४३ अर्ब ७४ करोड ३८ लाख १४ हजार दुई सय चार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब १० करोड ९९ लाख ८७ हजार चार सय ९८ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ४८ करोड ६७ लाख ९९ हजार ६२ रुपैंयाँ रहेको बैंकको स्प्रेड दर भने एक दशमलव ८१ प्रतिशत रहेको छ । यसैगरी बैंकको प्रतिशेयर आम्दानी १८ रुपैंयाँ ३७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ एक सय ४४ रुपैंयाँ ६२ पैसा रहेको छ ।
अघिल्लो आवमा भने बैंकले ४३ अर्ब २७ करोड ६५ लाख ४७ हजार सात सय ५३ रुपैंयाँ निक्षेप संकलन गरी ३४ अर्ब ४७ करोड ७६ हजार नौं सय ७५ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ६६ करोड ३० लाख ५४ हजार छ सय ५२ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा ४७ करोड ७७ लाख २४ हजार चार सय ५१ रुपैंयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ४१ प्रतिशत रहेको थियो ।