शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

असोज २९ गतेबाट नयाँ नोट

आइतबार, असोज २१ २०८०

काठमाडौ- यही असोज २९ गतेबाट नेपाल राष्ट्र बैंकले नयाँ नोटको सटही सुविधा दिने भएको छ । काठमाडौं उपत्यकाको हकमा नयाँ नोटको वितरण कार्य यही असोज २९ गतेबाट सुरु गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार उपत्यका बाहिरको हकमा भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा बाँणिज्य बैंकले तोकेको कार्यालय मध्ये पायक पर्ने स्थानमा गई नयाँ नोटको सटही सुविधा लिन सकिने छ । यस बर्ष पनि सर्वसाधारणलाई बिगतका बर्षहरुमा झै प्रतिव्यक्ति पाँच, १०, २०, ५० र सय रुपैंयाँ गरी १८ हजार पाँच सय रुपैंयाँको एक सेट नयाँ नोट वितरण हुने छ ।