काठमाडौं- विश्व लगानीकर्ता सप्ताह, २०२३ तथा नेपालीहरुको माहन चाँड बडाँदशै, तिहार, नेपाल सम्वत् ११४४ तथा छट पर्वको अवसरमा एन आई सी एशिया क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता”अभियानलाई अझ प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने भएको छ ।
सोही उदेश्यको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड, एन आई सी एशिया क्यापिटलको शाखा कार्यालयहरु तथा एन आई सी एशिया अनलाईन डिम्याट सेवाबाट आविश्न १४ गतेदेखि २०८० साल मंसिर १५ गतेसम्म निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको जानकारी कम्पनीले दिएको छ ।
हाल एन आई सी एशिया क्यापिटलको निक्षेप सदस्य सेवा अन्तर्गत संचालनमा रहेका विशेष अफर तथा योजनाहरु एक नेपाली एक डिम्याट खाता योजना, एनआईसी एशिया स्टुडेन्ट डिम्याट योजना, एनआईसी एशिया अनलाईन डिम्याट सेवा लगायतका रहेका छन् । यि योजनाहरु मिति २०८१ साल आषाढ मसान्तसम्म संचालनमा रहने छन् । साथै यस क्यापिटल तथा एन आई सी एशिया बैंकको शाखा कार्यालयहरुबाट डिम्याट र मेरोशेयर खाता तथा क्यापिटलबाट उपलब्ध माथि उल्लेखित योजनाहरुको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा सोझै सम्पर्क गर्न सकिने व्यहोरा समेत सबैमा जानकारी गराईन्छ ।