बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप लामिछाने गएनन्

आइतबार, असोज ७ २०८०

काठमाडौं  । चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई बिदाइ गर्दै शुभकामना दिए ।

यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरण पार गरेमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

नेपाली टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, विवेक यादव,  प्रतिश जिसी र अविनाश बोहरा छन् ।

नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य लामिछाने भने बिदाइ समारोहमा उपस्थित भएनन् । उनको मुद्दाको पेसी आज तोकिएका कारण उनी टीमसँगै नगएका हुन् । उनी मंगलवारसम्म प्रतियोगितामा सहभागी हुन चीन जानेछन् ।

ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् ।