शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कामना सेवा विकास बैक र निभ नेपालबिच सम्झौंता

शुक्रबार, असोज ५ २०८०

काठमाडौं- कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले निभ नेपाल प्रा.लि संग सम्झौता गरेको छ ।

सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र निभ नेपालको तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता पश्चात निभ नेपाल प्रालीका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् ।