काठमाडौं- कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबिच मंगलबार व्यवसायीक सम्झौंता भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वर स्थित एटिक रेष्टुरेन्टले प्रदान गर्ने रेष्टुरेण्ट सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बिश्वास बैंकले लिएको छ ।